थप १०७ मा कोरोना भाइरस सङ्क्रमण


देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण एक जनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १०७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६१० रहेको छ । निको हुने दर भने ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

अहिले देशभर एक हजार सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५२ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख २७ हजार ५४७ को पिसिआर परीक्षण भएको छ । हालसम्मा तीन हजार १५ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x