नेपाल लाइफ इन्स्योरेन्सको नाफामा गिरावट, खुम्चियो प्रतिशेयर आम्दानी


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा ९६.९३% ले घटेर ७० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा नेपाल लाइफले २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी ३१ प्रतिशत बढेर ७ अर्ब १९ करोड रुपैयाँ र जगेडा कोषको आकार ७६.२९ प्रतिशत घटेर ८६ करोड ९६ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको जीवन बिमा कोषको आकार भने २५.२५% ले बढेर १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जीवन बिमा कोषमा ९४ अर्ब ८२ करोड रुपैयाँ थियो । त्यस्तै, इन्स्योरेन्सको महाविपत्ती कोष ३.३८ प्रतिशतले बढेर ६३ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९.२१ प्रतिशत बढेर ९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष इन्स्योरेन्सले ८ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, इन्स्योरेन्सले १६ हजार १२० दाबी बापत ३ अर्ब ९१ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ०.३९ रुपैयाँ सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १६०८ काे आधारमा मूल्य आम्दानी अनुपात ४१२३.०७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x