ज्ञानमाण्डू।घडीले आफ्नो चाल तेजिका साथ सुरु गरेको छ र यहिसँगै क्रिकेट विश्व कपको काउन्टडाउन पनि सुरु भएको छ । आज को ठिक ६ दिन पछि औपचारिक उद्घाटन हुने विश्व कप क्रिकेटले क्रिकेटमा बाँच्ने प्रशंसकहरूको मनमा एउटा बेग्लै उत्साह को उजागरण गरेको पाइन्छ । संसारका सबैभन्दा राम्रा टिमहरू एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्नेछन्, खेलको सबैभन्दा चाखै लाग्दो विजय ट्रफीका निम्ती ।
कसले सोचेको थियो कि एक दिन अन्तर्राष्ट्रिय क्रिकेट, एक विचारले , भङ्ग भएको त्यो पहिलो १९७१ एशेज टेस्टबाट खडा वर्षको अन्तर्गत एक प्रतिष्ठित क्वाडरेनाइनियल(चार बर्सिए) घटनाको रूप लिनेछ। यी ४९ वर्षमा, विश्व कपले विकसित मोड लिए पनि आफ्नो प्रधानतामा आँच आउन दिएको छैन ।
विश्वकपको वर्तमान दिनको नाम पहिलो टूर्नामेंट संस्करण को २४ वर्ष पछि मात्र पाएको हो । पहिलो १२ वर्षको लागि प्रूडेंशियल कपको रूपमा चिनिएको विश्वकप पहिलो पटक देखी नै प्रायोजित गरिएको टूर्नामेंट थियो । क्लाईभ लोइड (१ ९ ७५, १ ९ ७१) र कपिल देव (१ ९ ८३) द्वारा उठाइएकै पहिला तीन ट्राफिकहरू प्रूडेंशियल पीएलसी (एक यू के-आधारित वित्तीय सेवा कम्पनी) द्वारा प्रायोजित गरिएको थियो र यसैले ट्राफीको नाम रहन गएको थियो। विश्व कप को पहिलो तीन संस्करणहरूका लागि इङ्गल्याण्डले टूर्नामेंट होस्टिंगमा आफ्नो एकाधिकार बनाएर राखेको थियो, एक स्पष्ट कारण को लागि: केवल उनीहरूसँग मात्र टूर्नामेंट सञ्चालन गर्न स्रोतहरू थिए।
१९८३ मा, भारतले आफैलाई सम्भावित दाबेदार को रूपमा घोषणा गर्नुका साथै चार वर्ष पछि १९८७ को टूर्नामेंटको लागि इङ्गल्याण्ड बाट होस्टिंग अधिकार पनि आफै तिर सार्न सफल भयो । रिलायंस प्रायोजित टूर्नामेंटको ट्राफी १९८७मा अस्ट्रेलियाका एलन बोडरले उठाइएका थिए ।
१९९२ मा, बेन्सन र हेगेजहरू चित्रमा आए लगत्तै, प्रायोजकरुले क्रिस्टल ट्राफीको परिचय अन्तर्राष्ट्रिय क्रिकेट विश्वकपमा गराए । त्यस क्रिस्टल ट्राफीको हकदार पाकिस्तान भएको थियो र आउदो संस्करणमा श्रीलङ्काले अस्ट्रेलियालाई पराजित गर्दै विल्स विश्व कप ट्राफी को हकदार ठहरियो।
यो १९९९ मा मात्र थियो, जब आईसीसीले आफ्नै शिल्पकारहरूद्वारा क्रिकेटको सबैभन्दा बहुमूल्य ट्राफी डिजाइन गरेको थियो । लन्डन आधारित Garrard & Co. Limitedद्वारा निर्मित यस ट्राफी सुन र चाँदीबाट बनाइएको हुँदा एकदम बहुमूल्य छ। त्यस पश्चात् विश्व कप विजेताहरूले ट्राफी को प्रतिकृति रूप मात्र प्राप्त गर्ने गरेका छन् । जबकि मूल ट्राफी आईसीसीसँग विजेता टिमहरू को नामकरण सहित रहने गरेको छ ।
विश्व कप एक ६०-ओभरमा खेलिने खेल थियो जुन इंग्ल्यान्डको सुखद मौसम र प्रचण्ड उज्यालो प्रकाशसँग आयोजित हुदै आएको थियो । तर १२ वर्ष पछि विश्व कपलाई परिवर्तनको आवश्यकता महसुस भयो। सन् १९८७ मा भारत र पाकिस्तानले संयुक्त रूपमा टूर्नामेंटको आयोजना गर्यो । त्यस पश्चात् खेलको ढाँचा ५०-ओभरमा खेलिने परिवर्तन आयो किनकि इङ्गल्याण्डको तुलनामा भारतीय उपमहाद्वीपमा छोटो दिनको रोशनीको प्रकाश रहन्थियो। त्यस बेला देखि, ओभरको सङ्ख्यामा कुनै विकल्पहरू परिवर्तन गरिएको छैन ।
१९७५ विश्व कप क्रिकेटका प्रशंसकहरूको बारेमा कुरा गर्ने हो भने, क्रिकेट विश्व कपको पहिलो मेमोरी क्लाइभ लोइड र उनको टिम आफ्ना सबै सेतो सर्ट र स्वेटरहरूमा विश्व कप ट्रफीको इतिहासमा आफ्नो नाम लेख्दै गरेको देखिन्छ । क्रिकेट विश्व कपका तीन शुरूवती संस्करणमा सबै टिमहरू सेतो सर्ट र स्वेटरहरूमा देखिने गरेको पाइन्छ । क्रिकेट विश्व कपका सुरुवाती दिनहरूमा मोनोक्रोम कन्ट्रास्ट देख्न सकिन्छ । तर १९९२ मा सेफद रङलाई पछि पर्दै राष्ट्रिय रङहरूले अग्रता लिना सफल भए । खेलको सबैभन्दा शुद्ध रूप मानिने सेतो जर्सी अब टेस्ट क्रिकेटमा मात्र सीमित छन् ।
एक्लो सेफद रङलाई राष्ट्रिय रङ्गहरूले प्रतिस्थापित भए लगत्तै विश्व कप क्रिकेटमा प्रयोग हुने सबैभन्दा महत्तोपूर्ण बस्तु क्रिकेट बल को खेलाई शैलीमा पनि परिवर्तन देखियो । निर्धारित समय अनुसार, रातो बल दिन को प्रकाशमा खेलाउने र सेतो बल को प्रयोग रातको प्रतिस्पर्धहरुमा हुने जनाइयो ।