झोलुङ्गे पुलबाट ७३२ घरधुरी लाभान्वित

ज्ञानमाण्डू।म्याग्दीको मङ्गला गाउँपालिका–४ धापुङ जुगेपानीस्थित न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । उन्साठ्ठी दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको ३ र ४ नं वडाका ७४३ घरधुरीका तीन हजार ७१८ जनसङ्ख्या लाभान्वित भएको वडाध्यक्ष ओमबहादुर रोकाले जानकारी दिए । 

झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक सहयोगमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत पुल निर्माण गरेको हो । कूल रु ३३ लाख ५९ हजार ६०९ लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । गाउँपालिकाले रु दुई लाख एक हजार ९६ अनुदान र उपभोक्ताको रु ६७ हजार ३२ बराबरको श्रमदान रहेको पुल निर्माणमा टिबीएसयुले थप रकम र निर्माण सामग्री उपलब्ध गराएको थियो । 

लठ्ठा र बुलडग ग्रिप्समा रु दुई लाख २५ हजार ८२८, स्थानीय निर्माण सामग्री र मजदुरको ज्यालामा रु १६ लाख १५ हजार ८२०, ग्याबिन तार, फलामे सामग्री, छड, सिमेन्ट, स्टिल पार्टस्, स्टिल डेग र सामान ढुवानीमा रु १० लाख ५६६, गैरसरकारी संस्थाको सेवा शुल्कमा रु दुई लाख तीन हजार ७६ र कामदारको दुर्घटना बीमामा रु ३८ हजार १८८ खर्च भएको छ । 

यही २०७६ जेठ १९ गते गाउँपालिका र उपभोक्ता समितिबिच पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०७७ असार ३० गतेसम्म पुल निर्माण सक्ने सम्झौतामा उल्लेख थियो । उपभोक्ता समितिको सक्रियताले लक्ष्यभन्दा पाँच महिनाअघि नै पुल निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए । 

पुल बनेपछि विशेष गरी बर्खा याममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको र सुरक्षित यात्रा गर्न पाएको स्थानीयवासी दलबहादुर पुनले बताए । धापुङ, महेशगाउँ, खर्क, दहलगायत बस्तीका बासिन्दालाई सुविधा पुगेको छ । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । न्यूखोलासँगै गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा १०४ मिटर लामो अर्को झोलुङ्गे पुल निर्माण भएको छ । 

रु ४७ लाख ८८ हजार ४६० लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट कोक्रवाङ, भाइवाङ, र्यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x