माछापुच्छ्रे बैंकको सहयोगमा काठमाण्डौँको लैनचौर तथा पुलिस एकेडेमी चोकमा ट्राफिक लाईट जडान

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लि.ले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाण्डौँको लैनचौर चोक तथा राष्ट्रपति निवाससंगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको जानकारी दिएको छ ।


सोमबार एक कार्यक्रमका बिच माछापुच्छ्रे बैंकका संचालक श्री रोशन केसी र विश्व प्रकाश गौतम ज्यूले उक्त ट्राफिक लाईटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।

सवारी आवागमनलाई सुरक्षित एंव व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारी साधानको अत्याधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससंगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको बैंकले उल्लेख गरेको छ ।

उक्त ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्यूले ट्राफिक लाईटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताउनु भयो ।


सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराई ज्यूले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाईटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको कुरा बैंकले प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x