ज्ञानमाण्डू। नेपालमा पहिलो पटक वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १०% फिर्ता पाउने भएका छन्।
खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको कम्पनीले जनाएकाे छ। वर्ल्डलिंक र खल्ती दुबै मिलि नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेकाे कम्पनीले बताएकाे छ।
१०% भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५% क्यासब्याक + रु. १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १०% भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६,५०,००० वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ। उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३% भ्याट को १०% भ्याट फिर्ता पाउने कम्पनीले बताएकाे छ। यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता बर्गको हुनु पर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता बर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन ।
यस नौलो सुविधा बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो, “यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडी बढाउँने छ। यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौं।”
यस सुविधाको बारेमा बोल्दै वर्ल्डलिंकका सामुहिक प्रमुख वित्तीय अधिकारी, संजय कुमार साहले भन्नुभयो, “खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वल्डलिङ्कका ग्राहकहरुलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिईरहेको छ। यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने छ। ”
‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई १०% भ्याट फिर्ता प्राप्त गर्न सकिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en