धितोपत्र बजारमा ३७.५८ अंकको गिरावट, नेप्से २६६१.९३ को विन्दुमा, को छन् आज सर्वाधिक कमाउने र गुमाउने ?


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले घटेर २६६१ दशमलव ९३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ०६ अंकले घटेर ४७९ दशमलव १० को विन्दुमा पुगेको छ ।


आज कूल २१३ कम्पनीका १ करोड ४२ लाख ७६८ कित्ता शेयर रु ६ अर्ब ७६ करोड ६८ लाख १ हजार २२४ मा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ८५ अर्ब ९८ करोड ४६ लाख ९० हजार बराबर पुगेको छ ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र दुई उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ३४ दशमलव ८५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १०७ दशमलव ९ अङ्कले, होटल तथा पर्यटन उपसमूह २४० दशमलव ८३ अङ्कले, विकास बैंक उपसमूह ५६ दशमलव ८ अङ्कले, निर्जीवन बीमा २३९ दशमलव १३ अङ्कले, उत्पादन उपसमूह ४१ दशमलव ७ अङ्कले, अन्य उपसमूह २६ दशमलव ७२ अङ्कले, लघुवित्त उपसमूह ६२ दशमलव ७ अङ्कले, जीवन बीमा उपसमूह १२९ दशमलव ७७ अङ्कले, सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५८ अङ्कले घटेको छ। यता, जलविद्युत उपसमूह ३ दशमलव १८ अङ्कले बढ्दा वित्त उपसमूह ६ दशमलव १७ अङ्कले बढेको छ।


कारोबारको आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । आज नागरिक लगानी कोषको २८ करोड ३८ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज २ दशमलव ९४ प्रतिशतले घटेको छ । त्यस्तै, हाईड्रोईलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी लिमिटेडको २४ करोड ६२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ४ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ ।

आज नेपाल पूर्वाधार बैंक लिमिटेडको २३ करोड ९३ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडको २३ करोड ११ लाख रुपैयाँ माथिको र अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडको २२ करोड ५२ लाख माथिको शेयर कारोबार भएको छ।


आज ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरि, महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन्। यता एन आर एन लिमिटेडका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् भने हाईड्रोईलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ४ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन्।


त्यसैगरी आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ९ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन् । यता सप्तकोशी विकाश बैंक लिमिटेडका लगानीकर्ताले ५ दशमलव ५० प्रतिशतका दरले गुमाएका छन् भने आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x