जीवन बीमा कम्पनीहरु मध्ये कुनको शाखा सञ्जाल कति ?


ज्ञानमाण्डू।२७.३८ प्रतिशतले व्यापार वृद्धि गर्न सफल जम्मा १९ वाट जीवन बीमा कम्पनीहरूले नेपाल अधिराज्य भरि फैलिएका २१०२ वटा शाखाहरू मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेका छन् । त्यसमध्ये सर्वाधिक शाखा सञ्जाल नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ। उक्त लाइफ इन्स्योरेन्सको जम्मा १९७ शाखाहरू सञ्चालनमा रहेका छन्। त्यसै गरी, सन नेपाल लाइफका १९१, युनियन लाइफका १७८, प्राइम लाइफका १५५ र एसियन लाइफका १४९ वटा शाखाहरू सञ्चालनमा रहेका छन्।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको जम्मा १२१, सानिमा लाइफका ११८, सिटिजन लाइफका ११४, सूर्या लाइफका ११०, नेशनल लाइफका १०८ र आइएमई लाइफका १०३ वटा शाखाहरू सञ्चालनमा रहेका छन्। यस अनुरूप, नेपालमा सञ्चालनमा रहेका जम्मा १९ वटा जीवन बीमा कम्पनीहरू मध्ये १२ वटा जीवन बीमा कम्पनीहरूको शाखा सञ्जाल १०० अधिक रहेको देखिन्छ।

यता, १०० भन्दा कम शाखा सञ्जाल रहेका जीवन बीमा कम्पनीहरू मध्ये प्रभु लाइफ इन्स्योरेन्सका ९९, रिलायन्स लाइफका ९७, रिलायबल लाइफका ८२, गुराँस लाइफका ८२, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका ८१, महालक्ष्मी लाइफका ६२, मेट लाइफका ३३ र राष्ट्रिय बीमा संस्थानका २२ वटा शाखाहरू सञ्चालनमा रहेका छन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x