
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १९ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ ।

अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।