ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार, अषाढ २४ गतेका दिन सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल ८१ हजार ८७६.७९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३ दशमलव ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा बिहिबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।