एनआईसी एशिया बैङ्ककाे नाफा ३ अर्ब ४८ लाख, लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। एनआईसी एशिया बैङ्कको नाफा २०.०७ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ५० कराेड २४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैंकले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


११ अर्ब ५६ कराेड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया बैङ्कले २ खर्ब ७५ अर्ब ३१ करोड ८० लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब ६४ कराेड ३४ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ अर्ब ३९ करोड ७३ लाख ३३ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब २७ कराेड ५ लाख ३९ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.२३ प्रतिशतले बढेर ६ अर्ब ५८ करोड ४३ लाख ९२ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब २२ कराेड ६ लाख ३ हजार रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा एनआईसी एशिया बैङ्कले आफ्ना शेयरधनिहरूलाई १४ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ। 

बैंककाे निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत र प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात २७.८२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x