अपर तामाकोशी हाइड्रोपावरले आज चौधौँ वार्षिक साधारण सभा गर्दै

Upper Tamakoshi Hydropower Limited

 
ज्ञानमाण्डू। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज भदाै ३ गते चौधौँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला सहित ४ जना सञ्चालकहरूको निर्वाचन/मनोनयन वा नियुक्त गर्नेछ ।

यस कम्पनीकाे पुँजी वृद्धि गर्ने विषयलाई दर्साउने छ भने विद्यमान चुक्ता पूँजिको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ । त्यसै गरी प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ।
 
कम्पनीले साधारण सभाको प्रयोजनको लागि साउन १८ गते बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x