जिल्ला प्रहरी कार्यालय, बाँकेमा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सम्पन्न

stock market training in nepal

ज्ञानमाण्डू। सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा २०७८ साल, चैत्र २६ गते शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेमा आधारभूत शेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ । उक्त कार्यक्रममा बाँके जिल्लामा सेवारत प्रहरी जवान तथा अधिकृतहरू गरी ६२ जनाको सहभागिता रहेको थियो।
sani securities
तालिम कार्यक्रममा विशेष गरी शेयर बजारेकाे परिचय, डिम्याट खाता खोल्ने र मेरो शेयर (https://meroshare.cdsc.com.np) बाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसबारे विशेष जानकारी समेटिएकोले नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

share training in nepal

साथै साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गर्नुभयो ।

शेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमका बिच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा शेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ।

share training in nepal

उक्त कार्यक्रमका विशेषताहरू यस प्रकार रहेका थिए ।
शेयर बजार र परिचय ।
डिम्याट खाता र मेरो शेयरको बारेमा जानाकरी ।
प्राथमिक बजार र आईपीओ ।
दोश्रो बजार ।
शेयर बजारमा कसरी प्रवेश गर्ने ?
दोश्रो बजार र शेयर मूल्य निर्धारण ।
परिसुचक र सर्कीट ब्रेक ।
लाभांश र हकप्रद शेयर ।
बुक क्लोज र मूल्य समायोज ।
आधारभूत अनुपात जस्तै : प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य आदी ।
शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्‌?
वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी ।
कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू ।
जोखिम न्यूनीकरण ।
नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसको क्षेत्रबारे विशेष जानकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x