धितोपत्र बजारमा ६.३७ अंकको वृद्धि, नेप्से परिसूचक २७८७.१८ को विन्दुमा

 

ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २७८७ दशमलव १८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८३ अंकले बढेर ४९८ दशमलव ९७ को विन्दुमा पुगेको छ ।


आज कूल २१४ कम्पनीका २ करोड ०१ लाख ०७ हजार ७८७ कित्ता शेयर रु ९ अर्ब २९ करोड ०४ लाख ६७ हजार ७९९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये अाठ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह १७ दशमलव ३४ अङ्कले बढ्दा विकास बैंक ११३.४४ अङ्कले, वित्त ८९.२६ अङ्कले, अन्य उपसमूह १.८ अङ्कले र सामूहिक लागनी कोष शुन्य अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह २२ दशमलव ६३ अङ्कले, होटल तथा पर्यटन १८.८९ अङ्कले, जलविद्युत् उपसमूह ४२.२५ अङ्कले, लघुवित्त १३.२३ अङ्कले, निर्जीवन बीमा २३.४७ अङ्कले, उत्पादन ५६.८२ अङ्कले, जीवन बीमा ७८.८५ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ७५ अङ्कले घटेका छन्।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x