‘चामल कहिले आउँछ बाबु ?’

ज्ञानमाण्डू।“कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुपर्‍यो बाबु ।” 

जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिकी खाद्य डिपोमा धाएर रित्तो हात फर्कनुमा बित्छ । गाउँमा पुरानो अन्न सकिएको छ । नयाँ गहुँ बाली पाकेको छैन । मजदुरी गर्न जान लकडाउनले रोकेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटले ताँगाका लागि निर्धारण गरेको कोटा सकिएका कारण सो ठाउँमा चामल प्राप्त हुन सकेको छैन । जुनिचाँदे गाउँपालिका जिल्लाको अति दुर्गम क्षेत्र मानिन्छ । यहाँ खेतीयोग्य जमिन काम भएकाले खाद्यान्न उत्पादन समेत कम हुने गरेको छ । 

ताँगामा चामल ल्याउन ढुवानी भाडा नभएका कारण समस्या भएको कम्पनीका जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताए । जुनिचाँदे गाउँपालिका – १० का पदम खड्काले भने , “हाम्रो ठाउँमा सिँचाइ गर्न पानी भए पनि खोलामै छमछम बगेर जान्छ । खेतमा लगाउन पैसाले पुग्दैन ।”

अहिले जिल्लाको बारेकोट गाउँपालिकामा रहेको घाट डिपोमा समेत चामल सकिएको छ । शनिवार झन्डै २ सय भन्दा बढी गाउँलेहरु कम्पनीको कार्यालयमा गएपनि पचास प्रतिशतले चामल नपाएर फर्किएको तोलखानाका डम्बर सिंहले जानकारी दिए । 

सिंहका अनुसार चामल नपुगेकै कारण धेरै स्थानीयावासीहरु फर्कनुपरेको थियो । गाउँपालिकालाई तुरुन्तै खाद्यान्नको व्यवस्था गर्न नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बारेकोट गाउँकमिटीले आग्रह गरेको छ । बारेकोट गाउँपालिकाका अध्यक्षले महेन्द्रबहादुर शाहले चामल अभावबारे आफूले थप बुझ्ने बताए । 

बारेकोटमा खाद्यान्न ढुवानी गर्ने ठेकेदारले फागुन १५ सम्म २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरे पनि अहिलेसम्म ढुवानीको काम पूरा नगरेको कम्पनीका प्रमुख बस्नेतले जानकारी दिए । अहिले कार्यालय आफैले केही चामल खच्चडमा ल्याउने गरेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x