प्रभु सेलेक्ट फन्डमा आवेदन दिने आज अन्तिम दिन

ज्ञानमाण्डू।प्रभु क्यापिटलले जेठ ५ गतेदेखि बिक्री खुला गरेको ‘प्रभु सेलेक्ट फन्ड' नामक सामूहिक लगानी कोषमा आवेदन दिने आज जेठ ९ अन्तिम दिन रहेको छ। प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो भने यस इकाई कोषको प्रवर्द्धक प्रभु बैङ्क लिमिटेड रहेको छ ।

प्रभु क्यापिटलले बिक्री खुला गरेको प्रभु सेलेक्ट फन्डमा जेठ ७ गते शुक्रबारका कार्यालय समयसम्म १ अर्ब ३० करोड ६२ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त फन्डमा ५६ हजार ३१२ जना आवेदकले १३ करोड ६ लाख २० हजार ६०० इकाईका लागी आवेदन दिएका छन् । सो माग सर्वसाधारणका लागि बिक्रि खुला गरेको कुल ८ करोड ५० लाख इकाईलाई आधार मान्दा १.५३ गुणा धेरै हुन आउँदछ ।

प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। सात वर्षे बन्द मुखी यस ‘प्रभु सेलेक्ट फन्ड' नामक योजना अन्तर्गत निष्कासन गरिएको कुल इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैङ्क लिमिटेडलाई तथा कुल इकाईको १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त फन्डमा न्यूनतम १०० इकाईदेखि १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

‘प्रभु सेलेक्ट फन्ड' नामक यस सामूहिक लगानी कोषको इकाईमा लगानीकर्ताहरूले ढिलोमा जेठ ९ गते साँझ कार्यालय समय सम्ममा आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत आवेदन दिई सक्नुपर्नेछ ।

योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई केयर नेपाल लिमिटेडले [CARE-NP AMC Quality 3 (AMC 3)] रेटिङ्ग २०२१/०१/१५ प्रदान गरेको छ। उक्त रेटिङ्गले “Adequate Assurance on Management Quality" भन्ने आधार जनाउँदछ । उक्त रेटिङ्गको समयावधि रेटिङ्ग प्रदान गरिएको मितिबाट १२ महिनासम्म कायम रहनेछ ।

कोष प्रवर्द्धक प्रभु बैङ्क लिमिटेडलाई इक्रा नेपाल लिमिटेडले Moderate Credit Risk THIBA “[ICRANP -IRJBBB” (pronounced ICRA NP Issuer Rating Triple B) रेटिङ्ग मिति २०२०/०७/०७ मा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x