
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, जेठ ११ गतेका दिन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७ दशमलव ७६९ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । शिखर इन्स्योरेन्स कम्पनीको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।