मिलानलाई पराजित गर्दै इन्टर सिरी 'ए'को शीर्षस्थानमा

ज्ञानमाण्डू। इटालियन सिरी 'ए' फुटबल अन्तर्गत शनिवार राति भएको खेलमा डर्बी क्लब एसी मिलानलाई २-० ले पराजित गर्दै इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ । इन्टरको जितमा मार्सेलो ब्रोजोभिक र रोमेरो लुकाकुले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इन्टरले दुई गोल गरेको थियो । खेलको ४९ औँ मिनेटमा ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।त्यसपश्चात् खेलको ७८ औँ मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । इन्टरको यो लगातार चौथो जित हो ।
जितसँगै इन्टर मिलान सिरी ‘ए’ मा शीर्षस्थानमा उक्लिएको छ । अपराजित इन्टर मिलानले ४ खेलबाट १२ अङ्क जोडेको छ । इन्टरले दोस्रो स्थानको युभेन्टसलाई २ अङ्कले पछि पारेको छ भने यता पराजित मिलान ४ खेलबाट ६ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x