ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ४१ अंकले घटेर २४२८ दशमलव ६६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ६३ अंकले घटेर ४५५ दशमलव ६० को विन्दुमा पुगेको छ ।
आज कूल २२६ कम्पनीका ४३ लाख ७९ हजार ०४२ कित्ता शेयर रु १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य होटल तथा पर्यटन उपसमूह ६१ दशमलव ६३ अङ्कले, अन्य उपसमूह ५.९७ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०२ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह १८ दशमलव २२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६४ दशमलव २९ अङ्कले, विकास बैंक उपसमूह ४९.०७ अङ्कले, जलविद्युत उपसमूह ३२.६३ अङ्कले, वित्त उपसमूह ३३.६९ अङ्कले, निर्जीवन बीमा १९१.७८ अङ्कले, उत्पादन उपसमूह २३.०३ अङ्कले, लघुवित्त उपसमूह ५३.८१ अङ्कले, जीवन बीमा उपसमूह ७०.७३ अङ्कले र लगानी उपसमूह १ दशमलव ३ अङ्कले घटेका छन् ।