धितोपत्र बजारमा गिरावट, नेप्से २८६२.१८ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५१ दशमलव ६५ अंकले घटेर २८६२ दशमलव १८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ३७ अंकले घटेर ५२८ दशमलव ९७ को विन्दुमा पुगेको छ ।

आज कूल २१६ कम्पनीका १ करोड ६१ लाख १७ हजार ०५७ कित्ता शेयर रु ६ अर्ब ६५ करोड २३ लाख २६ हजार ७४४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह २८ दशमलव ५४ अङ्कले घढ्दा ट्रेडिङ उपसमूह ५५ दशमलव ५६ अङ्कले, होटल तथा पर्यटन ६९.७७ अङ्कले, विकास बैंक १६०.६६ अङ्कले, जलविद्युत् उपसमूह ७१.४९ अङ्कले, वित्त ६७.४४ अङ्कले, निर्जीवन बीमा २८०.१२ अङ्कले, उत्पादन १२१.१३ अङ्कले, अन्य उपसमूह ४४.४३ अङ्कले, लघुवित्त १००.३२ अङ्कले, जीवन बीमा ३८७.४२ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३९ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x