असार मसान्तसम्म एनआईसी एशिया ब्यालेन्सड् फण्ड(NICBF)को खुद सम्पत्ति १ अर्ब माथि, कहाँ कहाँ छ लगानी ?


ज्ञानमाण्डू।एन आई सी एशिया बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको तथा एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एन आई सी एशिया ब्यालेन्सड् फण्ड (NICBF) ले आर्थिक वर्ष २०७७/७८ को अन्तिम तथा असार मसान्तको मासिक विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा अर्थात् असार मसान्तसम्म आइपुग्दा आई सी एशिया ब्यालेन्सड् फण्डको प्रति इकाई खुद सम्पत्ति १७ रुपैंया ३० पैसा रहेको छ। गत महिना अर्थात् आर्थिक वर्ष २०७७/७८ को जेष्ठ अन्तिममा प्रकाशित विवरण अनुसार कोषको प्रति इकाई खुद सम्पत्ति १७ रुपैंया ७३ पैसा रहेको थियो।

कोषले सार्वजनिक गरेको असार मसान्तको मासिक विवरण अनुसार एन आई सी एशिया ब्यालेन्सड् फण्डले कुल १ अर्ब ३ करोड ९६ लाख ९१ हजार ५७३ रुपैंया लगानी गरेको छ। जस मध्य कोषले ७६ करोड २८ लाख १९ हजार ६ रुपैंया शेयरमा लगानी गरेको छ भने १४ करोड ५२ लाख ६२ हजार रुपैंया ऋणपत्रहरुमा लगानी गरेको छ। सुचिकृत नभएका धितोपत्रहरुमा कोषको कुल ८६ लाख १० हजार ५६७ रुपैंया लगानी रहेको छ भने कोषको १२ करोड ३० लाख रुपैंया मुद्दती निक्षेपमा रहेको देखिन्छ । सोहि आर्थिक वर्षको गत महिना कोषले विभिन्न धितोपत्रहरु र मुद्दती निक्षेपमा गरी कुल १ अर्ब ६ करोड १२ लाख ४२ हजार १७७ रुपैंया लगानी गरेको थियो।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म आइपुग्दा एन आई सी एशिया ब्यालेन्सड् फण्डको खुद सम्पत्ति १ अर्ब ३० करोड ६२ लाख १६ हजार ३८९ रुपैंया रहेको छ। गत महिना अर्थात् आर्थिक वर्ष २०७७/७८ को जेष्ठ अन्तिममा प्रकाशित विवरण अनुसार कोषको खुद सम्पत्ति १ अर्ब ३४ करोड ६ लाख ९७ हजार ५६५ रुपैंया रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x