नाफामा सामान्य सुधार गरेको लक्ष्मी बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। लक्ष्मी बैङ्कको नाफा ९.२० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ४१ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी बैङ्कले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ६ अर्ब १३ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ७२ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.१ प्रतिशतले घटेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेकाे छ अर्थात लक्ष्मी बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट ९.४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.२१ प्रतिशत र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४११.५० काे आधारमा मूल्य आम्दानी अनुपात २८.६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x