साताको अन्तिम कारोबारी दिन बजार घट्दा ५% अधिक कमाउने कम्पनीहरु कुन कुन हुन् ?


ज्ञानमाण्डू। साताको अन्तिम कारोबारी दिन धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक निकै सानो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव ६२ अंकले घटेर २८७५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । बिहिबार नेप्से परिसूचक शुन्य दशमलव ६२ अंकले घट्दा धितोपत्र बजारमा ०.०२ प्रतिशतको गिरावट आएको छ। नेप्सेमा सानो करेक्सन हुँदा झन्डै पाँचवटा कम्पनी सर्किट लेभलमा कारोबार भएका छन् भने कुल १० कम्पनीको शेयरमूल्य धितो बजारमा ५ प्रतिशत अघिकाले वृद्धि भएको छ।

आज कूल २३० कम्पनीका १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर रु ७ अर्ब ०५ करोड ०७ लाख ७० हजार ०७० मा खरिद बिक्री भए । आजको कारोबार पश्चात कुल बजार पुँजीकरण ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६० हजार हाराहारी पुगेको छ।

बिहिबार कारोबार भएका कूल १३ उपसमूह मध्ये ९ उपसमूहको शेयरमूल्य ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह शुन्य दशमलव ६ अङ्कले बढ्दा जलविद्युत ६२ दशमलव ७५ अङ्कले, जीवन बीमा उपसमूह ५९.३८ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १७ अङ्कले बढेको छ भने अन्य सबै उपसमूह ऒरलो लागेका छन्। यस दिन, सबैभन्दा धेरै हाइड्रोपावरको उपसमूह १.९१ प्रतिशतले बढेको छ भने सबैभन्दा ठुलो गिरावट वित्त अथवा फाइनान्स उपसमूहमा देखिएको छ ।

यस दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको शेयरमूल्य धितो बजारमा आज ५८५ रुपैंया २० पैसा पुगेको। यता भर्खरै आइपिओ निस्काशन गरेको सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले पनि ९.९९ प्रतिशतका दरले कमाएका छन्। उक्त कम्पनीको शेयरमूल्य धितो बजारमा आज ५४७ रुपैंया १० पैसा पुगेको। त्यस्तै, रैराङ हाइड्रोपावरका लगानीकर्ताहरुले ९.२२ प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरका लगानीकर्ताहरुले ९ प्रतिशत, माउन्टेन हाइड्रोका लगानीकर्ताहरुले ७.४१ प्रतिशत र युनियन हाइड्रोका लगानीकर्ताहरुले ७.३२ प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी, बिहिबार अपि पावरका लगानीकर्ताहरुले ६.०२ प्रतिशतका दरले, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड समृद्धि फण्ड १ का लगानीकर्ताहरुले ५.७१ प्रतिशतका दरले र साधना लघुवित्तका लगानीकर्ताहरुले ५.६२ प्रतिशतका दरले कमाएका छन्।

यता, शिव श्री हाइड्रोपावर, वरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, युनाइटेड इदी मार्दी, नेपाल हाइड्रो, अरुण भ्याली हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले ४ प्रतिशत अधिकका दरले कमाएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x