नेपालले आज उज्बेकिस्तान विरुद्ध खेल्ने

ज्ञानमाण्डू।किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत दोस्रो खेलमा नेपालले आज उज्बेकिस्तान विरुद्ध खेल्नेछ । आइतबार भएको पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८-२ ले पराजित गर्दै नेपाल ले सुखद सुरुवात गरिसकेको छ ।किर्गिस्तान विरुद्ध जितमा नेपालका लागि सावित्रा भण्डारीले ४, अनिता बस्नेतले २ तथा दीपा राई र कप्तान निरु थापाले १-१ गोल गरेका थिए । आज विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने बलियो सम्भावना देखिन्छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुन गएको आजको खेलामा प्रतिस्पर्धी उज्बेकिस्तान विरुद्ध उत्रने नेपाली टोलीको प्लेईङ-११ सार्वजनिक भएको छ । नेपाल र उज्बेकिस्तानबीच आज खेल ११:४५ बजे सुरु हुनेछ । आज हुने यस खेलले फाइनल समीकरणको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

नेपालको प्लेईङ- ११ 

गोलरक्षक : एन्जिला सुब्बा 

डिफेन्डर : अमृता जैसी, पुनम जर्घा मगर, गीता राना, हिरा भुजेल

मिडफिल्डर : रेणुका नगरकोटी, अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योञ्जन

स्ट्राइकर : निरु थापा (कप्तान) , सावित्रा भण्डारी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x