हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर आज देखि पुनः लिलामीमा

Hydroelectricity Investment and Development Company Limited

ज्ञानमाण्डू। हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक शेयर भदाै २० गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएकाे छ।

लिलामी मार्फत विक्री हुन लागेकाे कम्पनीकाे २ करोड ७८ लाख ९ हजार ४८० कित्ता शेयरकाे मूल्य प्रति कित्ता न्युनतम रु.१०० तोकिएको छ। यसअघि कम्पनीले साउन १५ गतेदेखि २९ गतेसम्म संस्थापक शेयर लिलामी गर्दा ४६ लाख ४ हजार ९८५ कित्ता मात्र बिकेको थियो । कम्पनीले सो अवधिमा विक्री नभएको २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता शेयर अहिले पुनः लिलाम विक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले असाेज ४ गते सम्ममा बोलपत्र आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएकाे छ ।

इच्छुक आवेदकले ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड-विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज, हेटौडा, नारायणगढ, न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक, सुर्खेत, घोराही-दाङ, धनगढी, महेन्द्रनगरमा आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x