१५५.३१ प्रतिशतले नाफा वृद्धि गर्न सफल स्वाभिमान लघुवित्तको जगेडा कोषमा उल्लेखनीय वृद्धि

ज्ञानमाण्डू। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १५५.३१ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले २ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वाभिमान लघुवित्तले ५१ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वाभिमान लघुवित्तले १ अर्ब ४ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ६ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

स्वाभिमान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५५.४३ प्रतिशतले बढेर ११ करोड २२ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.६८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७२ पैसा छ र मूल्य आम्दानी अनुपात ४१.३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x