धितोपत्र बजारमा ११.३३ अंकको वृद्धि, नेप्से परिसूचक २८८३.३८ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३३ अंकले बढेर २८८३ दशमलव ३८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अंकले बढेर ५४१ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

आज कूल २२३ कम्पनीका ५ करोड ८५ लाख ०२ हजार १०९ कित्ता शेयर रु ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ६ दशमलव ३ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २८ दशमलव ७१ अङ्कले, जलविद्युत ५६.१४ अङ्कले, वित्त उपसमूह ४७.८९ अङ्कले, निर्जीवन बीमा ३६.२६ अङ्कले, लघुवित्त उपसमूह ४५.७१ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०७ अङ्कले बढेको छ । यता, होटल तथा पर्यटन उपसमूह ५० दशमलव ३८ अङ्कले घट्दा विकास बैंक उपसमूह १३ दशमलव ६६ अङ्कले, उत्पादन उपसमूह ५.८७ अङ्कले, अन्य उपसमूह ७.८१ अङ्कले, जीवन बीमा ४३.११ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ०१ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x