भाद्र महिनामा जीवन बीमा कम्पनीले कमाए साँढे ३ अर्ब प्रथम बीमा शुल्क, नयाँ व्यापार गर्न को तगडा ?


ज्ञानमाण्डू।चालु आर्थिक वर्षको भाद्र महिनामा हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण जीवन बीमा कम्पनीहरूले कुल ११ अर्ब ५४ करोड बीमा शुल्क सङ्कलन गरेका छन् जसमध्ये उक्त जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६३ करोड रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ। 

गत आर्थिक वर्षको भाद्र मसान्तसम्मको तुलनामा ३४.२४ प्रतिशतले व्यापार वृद्धि गर्न सफल जम्मा १९ वाट जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा कुल २८ अर्ब १४ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका छन् ।   त्यसमध्ये, उक्त जीवन बीमा कम्पनीहरूले ६ अर्ब ३७ करोड रुपैंया प्रथम बीमा शुल्क, २१ अर्ब ५७ करोड रुपैंया नवीकरण शुल्क र २० करोड रुपैंया वैदेशिक रोजगार बीमा शुल्क सङ्कलन गरेका छन्। गत आर्थिक वर्षको समिक्षा अवधिमा अधिकांश जीवन बीमा कम्पनीहरूले २० अर्ब ९६ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका थिए। यहाँ हामीले १९ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको भाद्र महिनामा आर्जन गरेको प्रथम बीमा शुल्क अथवा चालु आर्थिक वर्षको भाद्र महिनामा जीवन बीमा कम्पनीहरूले गरेको नयाँ व्यापारका बारेमा चर्चा गर्नेछौँ।

चालु आर्थिक वर्षको भाद्र महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले भाद्र महिनामा मात्रै कुल ६० करोड प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले यही भाद्र महिनामा कुल ४२ करोड प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यसै गरी, सिटिजन लाइफ इन्स्योरेन्सले पनि व्यापार विस्तार गर्दै भाद्र महिनामा ३५ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ३३ करोड र राष्ट्रिय बीमा संस्थानले ३२ करोड प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ। तथ्याङ्क अनुसार उक्त पाँच जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०७८/७९ को भाद्र महिनामा ३० करोड अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। 

यता, व्यापार विस्तारमा लागि परेको रिलायबल लाइफ इन्स्योरेन्सले यही भाद्र महिनामा २५ करोड अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, युनियन लाइफ इन्स्योरेन्सले १९ करोडको प्रथम बीमा शुल्क सङ्कलन गर्दा मेट लाइफ इन्स्योरेन्सले १४ करोड अधिक प्रथम बीमा शुल्क सङ्कलन गरेको छ। 

एसियन लाइफ, प्राइम लाइफ र रिलायन्स लाइफले तिन वटै जीवन बीमा कम्पनीहरूले यही भाद्र महिनामा १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स दुवैले पनि यही गत भाद्र महिनामा ११ करोड प्रथम बीमा शुल्क सङ्कलन गरेका छन्। त्यसै गरी, आइएमई लाइफ, सन नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले पनि १० करोड बीमा शुल्क सङ्कलन गरेका छन्। बाँकी अन्य तिन जीवन बीमा कम्पनीहरू गुराँस लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले चालु आर्थिक वर्षको भाद्र महिनामा समान ५ करोड रुपैयाँ अधिकको प्रथम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x