एकै दिन ५५ छोरीको बीमा


ज्ञानमाण्डू।प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बिमा सप्ताहको पहिलो दिनमै ५५ को बिमा गरिएको छ । 

विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बिमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बिमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बिमा गरिएको जनाइएको छ । नगरपालिकास्थित रेडक्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बिमा गराउन छोरीलाई काखामा च्यापेर शिविर स्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए । 

शिविरको प्रदेशका आर्थिक मामिला मन्त्री विजयकुमार यादवले उद्घाटन गरेका थिए । छोरा र छोरीबिच हुने विभेदलाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालित छोरी बिमा सप्ताह शिविरमा विसं २०७५ साल माघ २ गतेपछि प्रदेशमा जन्मेकी सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बिमा गरिने जनाइएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x