एनएमबि लघुवित्तको २२.६३ प्रतिशत लाभांश प्रस्ताव



ज्ञानमाण्डू।एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक ११ गते, बिहिबारका दिन बसेको सञ्चालक समितिको ११९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा २२.६३ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५३ करोड ९८ लाख ४ हजार ८२५ रुपैंयाको २१.५० प्रतिशतले हुन आउने ११ करोड ६० लाख ५८ हजार ३७ रुपैँया ३८ पैसा बराबरको बोनस शेयर र १.१३ प्रतिशतले हुन आउने ६१ लाख ८ हजार ३१७ रुपैँया ७६ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) गरी कुल २२.६३ प्रतिशत, लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने एनएमबि वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा एनएमबि लघुवित वित्तिय संस्था लिमिटेडले १९ प्रतिशतले हुन आउने बोनस शेयर तथा सोको कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x