बैंक अफ काठमाण्डूको खुद नाफामा सामान्य प्रतिशतको वृद्धि, ईपिएस कति ?


ज्ञानमाण्डू।बैंक अफ काठमाण्डू बैङ्कको नाफा ५ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले २४ कराेड १४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले २५ करोड ३४ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

९ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंक अफ काठमाण्डू बैङ्कले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ७१ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ३८ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.१८ प्रतिशतले बढेर ७९ करोड ४४ लाख रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी ७६ करोड ९९ लाख रहेको थियो।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ९२ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा १२ करोड ६० लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

बैंककाे निष्कृय कर्जा अनुपात ०.९२ प्रतिशत र प्रतिशेयर आम्दानी १० रुपैयाँ ५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३५२ काे आधारमा मूल्य आम्दानी अनुपात ३३.५२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x