एन आई सी एशिया बैंककाे २ अर्ब ५० करोड खुद मुनाफा

ज्ञानमाण्डू। एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विश्वव्यापी महामारी COVID-19 को कारण सृर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२% (रू. ३८ करोड) ले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १०% (रू. २६ करोड) को वृद्धि सहित रू. २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. २ अर्ब २८ करोड रहेको थियो ।

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पु¥याउन बैंक सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४% कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहकहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५% भन्दा कम रहेको छ ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ % रहेको छ । बैंकले चालु आ. व. को ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेप तर्फ १० ग्राहक महानुभावहरूको अंश ११% यहाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x