ज्योति विकास बैङ्कको लाभांश प्रस्ताव, हेर्नुहोस् कति दिँदै छ बोनस र नगद लाभांश


ज्ञानमाण्डू।ज्योति विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर ९ गते, बिहीबारका दिन बसेको सञ्चालक समितिको ४०६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १५.५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको सञ्चित वितरणयोग्य खुद मुनाफा र वितरणयोग्य कोषहरू गरी जामा वितरणयोग्य रकम रु. ५९ करोड ६९ लाख ३८ हजार ८१८ बाट हाल कायम चुक्ता पुँजी रु. ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ८७१ को ११ प्रतिशतले हुन आउने ४२ करोड २९ लाख ३० हजार ५०६ रुपैंया रकम बराबरको बोनस शेयर र ४.५ प्रतिशतले हुन आउने १७ करोड ३० लाख १७ हजार २५ रुपैंया रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा १५.५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने ज्योति विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ज्योति विकास बैङ्क लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x