नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयर बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

ज्ञानमाण्डू।नारायणी डेभलपमेन्ट बैंकले आज (माघ १३ गते) बाट शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। हकप्रद निष्काशनका लागि बैंकले पुस २९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार उक्त हकप्रदमा पुस २८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

बैंकले १ कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गर्दैछ । यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गर्न लागेकाे हाे।

नारायणी डेभलपमेन्ट बैंकले उक्त हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल चयन गरेको छ ।यस हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआइआर सिंगल सी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ । 

हाल ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको यस हकप्रद निष्काशनपछि १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

लगानीकर्ताले हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् । हकप्रदमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x