ग्रीनलाईफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, हेर्नुहोस् पहिलो कारोबारको रेन्ज कती ?


ज्ञानमाण्डू। ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

नेप्सेले ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रुपैयाँ ०१ पैसासम्म रेन्ज तोकेको छ, अर्थात् सोही रेन्जभित्र रहेर ग्रीनलाईफ हाइड्रोपावरको पहिलो कारोबार हुने नेप्सेले जानकारी दिएको छ । 'जीएलएच' (GLH) प्रतीक चिन्हमा ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको कारोबार हुनेछ । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको चुक्ता पुँजीका आधारमा कायम १ करोड ८० लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकरण भएको हो ।



ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले माघ २३ देखि माघ २७ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४०० कित्ता प्राथमिक शेयर(आईपीओ) निष्काशनमा ल्याएको थियो। जसमध्ये ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७८० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र सर्वप्रथम आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि जारी गरेको तर बिक्री नभएको जम्मा १६ लाख ८६ हजार ४०० कित्ता शेयर गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी निष्काशनमा ल्याएको कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर गोलाप्रथा मार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको २ कित्ता शेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । यसआधारमा २ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । कुल १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएकोमा ३ हजार ९१२ जनाको आवेदन रद्द भएको थियो  भने कुल  १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडले जानकारी देएको छ । 

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैया, जारी पूँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयर(आईपीओ) पश्चात् हाइड्रोपावरको चुक्ता पूँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ। सर्वसाधारण तथा कर्मचारीहरुका लागि निष्काशन भएको प्राथमिक शेयर(आईपीओ) पश्चात् हाइड्रोपावरको चुक्ता पूँजी १ अर्ब ८० करोड रुपेयाँ पुगेको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x