धितोपत्र बजारमा गिरावट, नेप्से २४५५.८१ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले अाेरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २४५५ दशमलव ८१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ३४ अंकले घटेर ४६४ दशमलव ७९ को विन्दुमा पुगेको छ ।

आज कूल २२६ कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता शेयर रु २ अर्ब ६६ करोड ३९ लाख ०९ हजार ६१९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर अाेरालो लागेको छ । बैंकिङ उपसमूह २६ दशमलव १३ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ९९ दशमलव १८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७५.२१ अङ्कले, विकास बैंक उपसमूह १५१.२१ अङ्कले, जलविद्युत उपसमूह ८९.३५ अङ्कले, वित्त उपसमूह ७३.४२ अङ्कले, निर्जीवन बीमा २३५.६९ अङ्कले, उत्पादन उपसमूह १७०.५६ अङ्कले, अन्य उपसमूह २२.१८ अङ्कले, लघुवित्त उपसमूह १२५.६२ अङ्कले, जीवन बीमा उपसमूह २९४.४४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ११ अङ्कले र लगानी उपसमूह १ दशमलव ९४ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x