मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न



ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ्ग सेवा विस्तार र प्रोत्साहन निम्ति लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पुस महिनामा कोटीहवास्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा स्कूल र कलेजका विद्यार्थी तथा शिक्षक, शिक्षकाहरूको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।

त्यसैगरी बैंकले सुन्वाल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति टे«निङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । त्यहाँ पनि बैंकिङ्ग सेवासुविधा, डिजिटल बैंकिङ्ग प्रविधि, बचत खातालगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच विस्तार हुने बैंकको दाबी छ ।



बैंकले डिजिटल कारोबार्र प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ । मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग लगायत सेवा पनि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x