ज्ञानमाण्डू।एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक १२ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको ३३४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १०.३२ प्रतिशतले हुन आउने लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँको ६ प्रतिशतले हुन आउने रकम बोनस शेयर तथा ४ दशमलव ३२ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने एभरेष्ट बैंक लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको लगभग बराबर रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा एभरेष्ट बैंक लिमिटेडले ५ प्रतिशतले हुन आउने रकम बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने रकम नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।