बिहीबार नेप्सेद्वारा मूल्य समायोजित पाँच कम्पनीहरूको आगामी कारोबारी मूल्य कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार पुस १५ गतेका दिन पाँच कम्पनीहरूको मूल्य समायोजन गरेको छ। नेप्सेले यस दिन चिलिमे हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभेलपमेन्ट, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र समिट लघुवित्तको शेयर मूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बिहीबार यी कम्पनीहरूको बोनस शेयर पछिको भाउ समायोजन गरेको जनाएको छ।

नेप्सेले बिहीबार चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो। शेयर मूल्य समायोजन पश्चात् चिलिमे हाइड्रोपावरको शेयर मूल्य ४६७ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ५०२ रुपैयाँ ९० पैसाका आधारमा उक्त हाइड्रोपावर कम्पनीको भाउ समायोजन गरेको हो । सोही मूल्यलाई आधार मानेर आइतबार चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड(CHCL)को शेयर कारोबार खुला हुनेछ ।


नेप्सेले बिहीबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभेलपमेन्टको पनि ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो। शेयर मूल्य समायोजन पश्चात् एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभेलपमेन्टको शेयर मूल्य ५११ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ५३७ रुपैयाँका आधारमा उक्त कम्पनीको भाउ समायोजन गरेको हो । सोही मूल्यलाई आधार मानेर आइतबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभेलपमेन्ट कम्पनी लिमिटेड(NRN)को शेयर कारोबार खुला हुनेछ ।


यस दिन नेप्सेले मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो । शेयर मूल्य समायोजन पश्चात् मञ्जुश्री फाइनान्सको शेयर मूल्य ६७० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ९३९ रुपैयाँका आधारमा उक्त फाइनान्स कम्पनीको भाउ समायोजन गरेको हो । सोही मूल्यलाई आधार मानेर आइतबार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड(MFIL)को शेयर कारोबार खुला हुनेछ ।


त्यस्तै, नेप्सेले बिहीबार दुई लघुवित्तहरूको पनि बोनस शेयर पछिको मूल्य समायोजन गरेको जनाएको छ । यस दिन नेप्सेले इन्फिनिटी लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको हो। नेप्सेले इन्फिनिटी लघुवित्त र समिट लघुवित्तको क्रमशः २७.२७ प्रतिशत र २५.२८५३१६ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।


शेयर मूल्य समायोजन पश्चात् इन्फिनिटी लघुवित्तको शेयर मूल्य १ हजार ३०७ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ भने शेयर मूल्य समायोजन पश्चात् समिट लघुवित्तको शेयर मूल्य १ हजार १६५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। नेप्सेले इन्फिनिटी लघुवित्तको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १ हजार ६७० रुपैयाँका आधारमा उक्त लघुवित्त कम्पनीको भाउ समायोजन गरेको हो । त्यसै गरी, नेप्सेले समिट लघुवित्तको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १ हजार ४६० रुपैयाँका आधारमा उक्त लघुवित्त कम्पनीको भाउ समायोजन गरेको हो ।

सोही मूल्यलाई आधार मानेर आइतबार इन्फिनिटी लघुवित्त वित्तीय संस्था(ILBS) र समिट लघुवित्त वित्तीय संस्था लिमिटेड(SMFDB)को शेयर कारोबार खुला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x