नेपाल राष्ट्र बैंकले सोमबार आठ अर्बको ट्रेजरी बिल बिक्री गर्दै


काठमाडौँ, नेपाल राष्ट्र बैंकले सोमबार रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

यस्तै १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x