किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज तेस्रो वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २८ गते (आज ) तेस्रो वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा उप-महानगरपालिका-२, धनगढीकाे कैलालीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

साे सभामा कम्पनीले सञ्चालक समितिको प्रस्तावबमोजिम आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २० प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गर्ने छ भने सभाले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/०७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्ने छ

अन्य प्रस्तावमा संस्थाले अन्य लघुवित्त संस्थाहरू गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी प्रक्रिया अगाडि बढाउन र तत् सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन प्राप्त भएमा सोही बमोजिम तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ ।

सोही सभामा मनोनीत सञ्चालकको पनि अनुमोदन गर्ने छ भने केन्द्रीय कार्यालय सार्ने विषयलाई पनि दर्साउने छ। 

कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेठ २० गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा जेठ १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x