धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २८३५.५८ को विन्दुमा | NEPSE

ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३० अंकले घटेर २८३५ दशमलव ५८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८२ अंकले घटेर ५३२ दशमलव ४९ को विन्दुमा पुगेको छ ।


आज कूल २३० कम्पनीहरूका १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर रु ६ अर्ब २८ करोड ७२ लाख १७  हजार ९८५ मा खरिद बिक्री भए ।



कारोबार भएका उपसमूहहरू मध्य कूल ८ वटा उपसमूहहरू घटेका छन् भने ५ वटा उपसमूहहरू बढेका छन्। बैंकिङ उपसमूह ६ दशमलव ४७ अङ्कले घट्दा, विकास बैंक उपसमूह ५१.२१ अङ्कले, जलविद्युत उपसमूह ५३.६५ अङ्कले, वित्त उपसमूह ९.२ अङ्कले, अन्य उपसमूह २.१ अङ्कले, लघुवित्त उपसमूह ३५.३७ अङ्कले, जीवन बीमा उपसमूह १६८.५४ अङ्कले र लगानी उपसमूह १.५२ अङ्कले घटेका छन् भने ट्रेडिङ उपसमूह २ दशमलव ६८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३.७४ अङ्कले, निर्जीवन बीमा उपसमूह ५६.२२ अङ्कले, उत्पादन उपसमूह २७.५४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०८ अङ्कले बढेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x