नेपाल एसबिआई बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर १२ गते, साेमबारकाे दिन बसेको सञ्चालक समितिको ४९२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १०.५३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ३ प्रतिशत बराबरको बोनस शेयर र ७.५३ प्रतिशत बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा १०.५३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने नेपाल एसबिआई बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेकाे छ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल एसबिआई बैङ्क लिमिटेडले चुक्ता पुँजीको ३.५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.८१ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।
Click here to view the notice.
नेपाल एसबिआई बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%