इ. सैलेश आचार्यको नयाँ पुस्तक ‘शब्दले संसार बदल्छ: Decoding the Words’ बजारमा

इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका अनुभवी व्यवसायी तथा नेतृत्वदायी व्यक्तित्व इ. सैलेश आचार्यले लेखेको नयाँ प्रेरणादायी पुस्तक "शब्दले संसार बदल्छ, Decoding the Words, " पाठकसामु आएको छ। शिखा बुक्सद्वारा प्रकाशित र ज्ञान ज्योति बुक्स पब्लिकेसन प्रा.लि.द्वारा वितरित यस पुस्तकले हाल पाठक वर्गमा राम्रो चासो पाइरहेको छ।

लेखक इ. सैलेश आचार्य केवल एक सफल इन्जिनियर वा कर्पोरेट नेतृत्वकर्ता मात्र होइनन्, बरु जीवनका थुप्रै उतार-चढाव नजिकबाट नियाल्दै आएका एक निरन्तर यात्री हुन्। सफ्टवेयर इन्जिनियरिङको प्राविधिक ज्ञान र व्यवस्थापकीय (MBA) सीपलाई एकै ठाउँमा मिसाएका आचार्यसँग सरकारी बैङ्किङ सेवादेखि नेपालका प्रतिष्ठित व्यावसायिक संस्थाहरूको नेतृत्व सम्हालेको पन्ध्र वर्षभन्दा लामो अनुभव छ। सन् २०६७ मा 'सैलेश किचन कर्नर' नामक सानो व्यवसायबाट आफ्नो उद्यमशीलताको बीउ रोपेका उनी, आज  आरकेडी होल्डिंग्स लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेड, क्राउन रिजर्भ  डिस्टिलरीका सञ्चालक, र नेपालको अग्रणी आईटी कम्पनी बिजबजार लिमिटेडको सञ्चालक समितिका अध्यक्षका रूपमा हजारौँलाई नेतृत्व प्रदान गरिरहेका छन्। राष्ट्रिय वाणिज्य बैङ्कमा कार्यरत रहँदा उनले प्रविधि र पैसा मात्र नभई मानिस र मानसिकताको गहिरो अध्ययन गरेका थिए। सो क्षेत्रको अनुभव, सङ्घर्ष र सफलताको निचोड नै यस पुस्तकको आधारशिला बनेको छ। "सफलता कुनै जादु होइन, यो त सही शब्द र सही बानीको इन्जिनियरिङ हो," भन्ने आचार्यको दर्शन नै यस पुस्तकको मूल सन्देश हो।

लेखकको पन्ध्र वर्षभन्दा लामो व्यावसायिक यात्रा, धेरै रातहरूको सङ्घर्ष र असफलतापछिको साहसलाई यस पुस्तकको आधार बनाइएको छ। सफ्टवेयर इन्जिनियर र बैङ्किङ क्षेत्रको कर्मचारीबाट सुरु भई आज विभिन्न व्यावसायिक संस्थाहरूको नेतृत्वदायी भूमिकामा पुगेका आचार्यले आफ्नो अनुभवलाई एउटा सरल तर शक्तिशाली सिद्धान्तमा बुनेका छन् — "हामी जे देख्छौँ र जे भोग्छौँ, त्यो हाम्रो बाहिरी परिस्थिति भन्दा पनि हाम्रो भित्री 'शब्द'को प्रतिबिम्ब हो।"

पुस्तकको केन्द्रमा 'समीर' नामक एक २८ वर्षीय युवकको काल्पनिक तर वास्तविकतासँग मिल्दोजुल्दो कथा छ, जो सीमित आम्दानी र ठुला सपनाहरू बिचको दूरीसँग जुध्दै आफ्नै व्यवसाय — 'शब्द क्रिएटिभ्स' — सुरु गर्छ। समीरको यात्रामा आउने असफलता, सामाजिक दबाब, आर्थिक सङ्कट र अन्ततः पुनरुत्थानको कथामार्फत लेखकले पाठकलाई आफ्नै जीवनको प्रतिबिम्ब भेट्टाउने अवसर दिएका छन्।

पुस्तकको मूल आकर्षण भनेको लेखकले आफैँ विकास गरेको W-O-R-D फ्रेमवर्क हो — Wisdom (बुद्धिमत्ता), Observation (अवलोकन), Repetition (दोहोर्‍याउने), र Discipline (अनुशासन)। यी चार तत्त्वहरूमा Learning र Leverage थपिँदा व्यक्तिको "Word" नै "World" मा परिणत हुन्छ भन्ने मूल सूत्र पुस्तकभर विस्तारमा व्याख्या गरिएको छ। प्रत्येक अध्यायको अन्त्यमा "समीरको निजी डायरी" खण्ड र "आजको एक्सन" अभ्यासहरू राखिएका छन्, जसले पाठकलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक कदम चाल्न सघाउँछ।

लेखकका अनुसार, यो पुस्तक कुनै गुरुले दिने उपदेश होइन, बरु "तपाईँजस्तै सङ्घर्ष गरिरहेको एउटा सहयात्री"को अनुभव हो। साथै पुस्तकमा आत्मविश्वास निर्माण, सामाजिक दबाबसँग जुध्ने उपाय, आर्थिक अनिश्चितता व्यवस्थापन, र दैनिक अनुशासन कायम राख्ने व्यावहारिक प्रविधिहरू पनि समेटिएका छन्। अन्त्यमा "२१ दिने डिकोडिङ च्यालेन्ज" र "समस्या समाधान अनुक्रममणिका" जस्ता उपयोगी खण्डहरू थपिएका छन्, जसले पाठकलाई पुस्तक पढेर मात्र नभई व्यवहारमा उतार्न प्रेरित गर्छ।

यस पुस्तकलाई लेखकले व्यावसायिक लगानी, कानुनी सल्लाह वा चिकित्सा परामर्शको विकल्पका रूपमा नभई प्रेरणा, शिक्षा र व्यक्तिगत विकासको उद्देश्यले लेखिएको स्पष्ट पारेका छन्।

"शब्दले संसार बदल्छ, Decoding the Words, " हाल विभिन्न पुस्तक पसलका साथै अनलाइनमार्फत bizbazar.com.npshikhabook.com बाट खरिद गर्न सकिने जनाइएको छ, जहाँ पाठकहरूले आकर्षक छुटसमेत पाउनेछन्। पुस्तकको मूल्य रु. ४२५।– रहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x