काठमाडौँ टेक्निकल स्कुलका सीईओ घिमिरे महासङ्घको शिक्षा,सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनीत

काठमाडौँ टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वाणिज्य महासङ्घको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनीत हुनुभएको छ । घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे पनि उक्त समितिमा मनोनीत हुनुभएको छ ।

समितिको सदस्यहरूमा नेपाल शैक्षिक परामर्श सङ्घका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्सन)का महासचिव तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नव प्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन् ।

त्यसै गरी, समितिको सल्लाहकारहरूमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्मा, हिसानका सभापति रमेश शिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनीत सल्लाहकार, उपसभापति तथा सदस्यहरूलाई बुधवार महासङ्घको सचिवालयमा आयोजित एक कार्यक्रमबिच मनोनयन पत्र प्रदान गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x