कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस पटक देशभरबाट सहभागी विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले परीक्षा उत्तीर्ण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो।

बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ३८.८३ प्रतिशतले ग्रेड प्राप्त गर्न सकेनन्। यस पटक परीक्षामा ५ लाख ११ हजार ५२५ जना सहभागी भएका थिए। निर्धारित मिति वैशाख ११ गते परीक्षा सुरु हुने भनिए पनि प्राविधिक कारणवश वैशाख २१ बाट सञ्चालन गरिएको थियो।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अङ्ग्रेजी, लेखा, सामाजिक शिक्षा र नेपाली विषयमा सबैभन्दा बढी विद्यार्थी ननग्रेड भएका छन्। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको पोर्टलबाट हेर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

उत्तीर्ण हुन नपुगेका विद्यार्थीका लागि ग्रेड वृद्धि (पूरक परीक्षा) को व्यवस्था गरिने जानकारी अध्यक्ष शर्माले दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x