गोर्खाज फाइनान्सकाे २४ हजार ६७९ कित्ता संस्थापक शेयर बिक्रीमा


गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल २४ हजार ६७९ कित्ता शेयर बिक्री खुला गरेको हो।

कम्पनीले उक्त शेयर हाल जो कोही व्यक्ति वा संस्था दुवैले खरिद गर्न सक्ने गरी सार्वजनिक रूपमा बिक्रीमा ल्याएको बताएकाे छ। यसअघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिइए पनि माग नपरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो।

इच्छुक लगानीकर्ताहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन कम्पनीको प्रधान कार्यालय, डिल्लीबजार, काठमाडौँमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x