महालक्ष्मी विकास बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

महालक्ष्मी विकास बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पुष १ गते, बिहान ९:०० बजे बसेको सञ्चालक समितिको ५४८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १०.४७ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने रकम रु. १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँ बराबरको बोनस शेयर र ६.४७ प्रतिशतले हुन आउने रकम रु. २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँ बराबरको नगद लाभांश गरी जम्मा १०.४७ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने महालक्ष्मी विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा महालक्ष्मी विकास बैङ्क लिमिटेडले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.०५२६ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x