
एनएमबि बैङ्कले २४ हजार ३१२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैङ्कले बिहीबार सूचना जारी गर्दै शेयर खरिदका लागि आवेदन खुला गरेको हो।
यस अघि बैङ्कले संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै असार ३० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर उक्त अवधिमा कुनै आवेदन नपरेपछि अब इच्छुक जोसुकै व्यक्ति तथा कम्पनीले शेयर खरिदका लागि आवेदन दिन सक्ने भएका छन्।
शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको बबरमहलस्थित बैङ्कको कम्पनी सचिवको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।
संस्थापक समूहको शेयर बिक्रीसम्बन्धी निर्धारित प्रक्रिया पूरा गरेपछि बैङ्कले सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।
एनएमबि बैङ्कको २४ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
