नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै


बैङ्किङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले पुनः बजारबाट रकम तान्ने भएको छ। केन्द्रीय बैङ्कले बुधवार ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन उपकरणमार्फत झिक्ने तयारी गरेको हो।

यसका लागि दिउँसो ३ बजे बोलकबोलमार्फत प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी हुन इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि माथि, ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन्।

बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहु ब्याजदर प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागी हुन दिइनेछ।

राष्ट्र बैङ्कका अनुसार जारी हुने १६८ दिने निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x